मोरङमा पौडी खेल्ने क्रममा डुबेर १ जना र भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ।
असार ०८ गते अपराह्न साढे ४ बजे मोरङको धनपालथान गाउँपालिका-७ का विजय शर्माको ८ वर्षीय छोरा ऋषि शर्मा घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। त्यसैगरी, सोही दिन भोजपुरको रामप्रसादराई गाउँपालिका-१ घर भई हाल चापाभोटे स्थित आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई कोठामा सुती रहेको अवस्थामा पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।