मोरङ जिल्लाको बेलबारी नगरपालिका–८ स्थित मकै चौक ले परिचित आसपास रहेको निर्माणधीन एसियन हाइवेमा कालोपत्रे गर्ने क्रममा प्रयोग गरिएको प्राइमर बोकेको गाडीमा आगलागी भएको छ।
प्राप्त जानकारीअनुसार शनिबार दिउँसो कालोपत्रेको काम भइरहेको क्रममा प्राइमरको गाडीमा अचानक आगोले सल्किएको थियो। आगलागीको कारण यकिन नभए पनि गाडीमा रहेको प्रज्वलनशील पदार्थका कारण आगो चाँडै फैलिएको बताइएको छ।
घटनास्थलमा तत्काल स्थानीय तहका बारुण यन्त्र परिचालन गरिएकाले आगो ठूलो क्षति हुनु पूर्व नै नियन्त्रणमा लिन सफल भएको हो।
घटनाबाट मानवीय क्षति नभएको जनाइएको छ भने घटनाको थप विवरण र क्षतिको आकलन भइरहेको छ।