नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरू बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन्।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरू मन्त्रीहरूकै उपस्थितिबिना सदन सञ्चालन गर्न नहुने भन्दै विरोध गरे।
‘सदन भएका दिन मन्त्रीहरूको उपस्थित हुँदैनन्। मन्त्रीहरूले नियम पालना गर्न नपर्ने अरूले मात्रै पालना गर्नुपर्ने ?’ उनको आक्रोश थियो।
उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो। बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ। कारण मन्त्रीको अनुपस्थिति भनिन्छ। आज पनि मन्त्री छैनन्। मन्त्रीहरू बेगर यो सदन अघि बढ्दैन। नियम अरूले मान्नुपर्ने मन्त्रीहरूले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनुपर्ने कुरा मन्त्री नै छैनन्। त्यसैले सरकारको उपस्थिति विना यो सदन अघि बढ्दैन।’