चीनले स्मार्ट प्रविधिको प्रयोग गरी पाँच किलोमिटरभन्दा बढी राजमार्गको स्तरोन्नति गरेको छ।
स्तरोन्नति गरिएका ती राजमार्ग राष्ट्रिय परियोजनाको एक हिस्सा भएको जनाइएको छ। जसले लगभग ५४,००० किलोमिटर राजमार्ग र ७,५०० किलोमिटर जलमार्ग सहित ६०,००० किलोमिटरभन्दा बढी यातायात मार्गहरू समेट्ने यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
उक्त सडकहरू एआई प्रविधिमा आधारित रहेको जनाइएको छ। उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ। 
यस्तो किसिमको स्तरोन्नतिले सबै खाले मार्गहरूलाई यातायात कोरिडोरहरूको कनेक्टिभिटी बढाउन प्राथमिकता दिइएको छ।