प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायमै राख्दै बैठकबाट बाहिर निस्किएका छन्।
शुक्रवार बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएका थिए तर सभामुखले विरोधका बाबजुत बैठक अगाडि बढाएपनि उनीहरू बाहिर निस्किएका हुन्।
भिजिन भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन्।
रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यद्यपि सभामुख घिमिरेले विरोधका बीच बैठकलाई अगाडि बढाइरहेका छन्।