सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ।
जेठ २० गते खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले कटान खोला बगरमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको १ हजार १ सय २० किलोग्राम गाँजा फेला पारेको हो।
बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ भने ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास तथा अन्य थप अनुसन्धान भइरहेको छ।