बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको छ। 
रातो मछिन्द्रनाथको मूर्ति १० वर्षपछि बुंगमतीस्थित मन्दिरमा विराजमान गराएको चारौँ दिनमा आज बुधवार बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको हो। 
गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माण गरी भोटो जात्राको दिन मच्छिन्द्रनाथलाई बुङ्गमति मन्दिरभित्र विराजमान गरिएको थियो।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो। १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनः स्थापना भएकोमा स्थानीयहरू खुसी देखिएका छन्।