आज (बुधवार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा भएको थियो।
त्यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ थियो।