राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।
पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो। बर्षौदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल वायुसेवा निगममा कुनै पनि अधिकारीहरू माथि कारबाही नभएकाले अख्तियारमा उजुरी दर्ता गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए।
नेपाल र नेपालीको कीर्ति एवं गौरव मानिएको संसारभर प्रक्षेपण गर्ने मूल सबाहकको परिचय बनाएको हवाई उड्डयन र राष्ट्रियध्वजावाहक विमानका नाममा भ्रष्टाचार मौलाएकाले उजुरी दर्ता गराएको हो। मङ्गलवार आयोगको कार्यालय टंगालको गेटमा धर्ना तथा विरोध प्रदर्शनपछि निगमका विरुद्ध आयोगमा उजुरी दर्ता गरिएको हो।
निगम पञ्चायतकाल पछि दिनानुदिन कुशासनको चङ्गुलमा पर्दै व्यवस्थापन कमजोर हुँदै गएको र विभिन्न काण्डहरू देखा परिरहेको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।
त्यस्तै पार्टीले प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझावहरू तत्काल लागु गर्न मिति २०८२ ज्येष्ठ १३ गते ध्यानाकर्षण गराई यस पार्टीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो।