प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन भएको छ।
मङ्गलवार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।
उनले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन्।
