नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।