वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

सरकारी मुखपत्र गोरखापत्र दैनिका पूर्वप्रधान सम्पादक तथा अध्यक्ष एवम् प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष उनी केही समयदेखि बिरामी थिए।

उनको उपचारकै क्रममा निधन भएको हो। चालिसेको शुक्रबार नै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।

स्वर्गीय चालिसेले आमसञ्चार तथा पत्रकारिताको अध्ययपन पनि गर्दै आएका थिए। उनका आमसञ्चार र  पत्रकारितासम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन्।