गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरूको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरु हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसदहरूले संसद् अवरोध गरेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराए।