नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।