राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरूको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन्।
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाऊ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन्।
उनले भनिन्, ‘मिटरब्याजीहरूको न्याय कहिले पाउँछन्। तर पीडितलाई पीडित बनाइएको छ। कति समय अझ आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्ता गर्ने राज्यको यो कस्तो नीति हो?’
यस्तै, उनले मिटर ब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहीँ कतै भाग छ भनेर शङ्का उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरूलाई न्याय दिनुपर्ने माग गरेकी छन्।
उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ। मिटरब्याजी पीडितहरूको समस्या यसरी समाधान हुँदैन। आफ्नो पार्टीको साहु जोगाउन पीडितमाथि राजनीति नगरौँ। मिटर ब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहीँ कतै भाग छ भनेर शङ्का उत्पन्न हुनेगरि काम नगरौँ। मिटरब्याजी पीडितहरूलाई न्याय दिनुपर्यो।’