सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो।

महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए।

यसअघि प्रहरीले मृतक चालक भएको बताए पनि उनी स्थानीय व्यक्ति भएको खुलेको हो।