विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन्।
विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन्।
प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन्।
भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। उनी तीन वर्षदेखि सुधार गृहमा थिए।
झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए।
