नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले टे«ड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्दर्भमा नेपाली कांग्रेस नै भएको बताएका छन्। 
शुक्रवार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिको ३५ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले पार्टीले धेरै उतारचढाव बेहोरेको भए पनि नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको बताएका हुन्।
उनले भने, ‘टे«ड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्दर्भमा नेपाली कांग्रेस नै हो। नेपाली कांग्रेस लामो इतिहास भएको पार्टी हो। धेरै उतारचढाव यसले बेहोरेको छ। यो उतार चढावको क्रममा अहिले कतिपय कमीकमजोरी पनि गर्‍यौँ होला। तर हामी गर्वका साथ भन्छौँ अहिले पनि सर्वोत्कृष्ट पार्टी नेपाली कांग्रेस नै हो।’ 
साथै उनले नेपाल वित्तीय संस्थाले पाउनुपर्ने हरेक अधिकार नेपाली कांग्रेसको अगुवाई र समर्थनबिना सम्भव नहुने बताए। उनले वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिको सहयोग नेपाली कांग्रेसलाई र नेपाली कांग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने बताए।
उनले भने, ‘त्यसैले नेपाल वित्तीय संस्था कर्मचारीहरूले जुन अधिकारको कुरा गरिरहनु भएको छ त्यो अधिकार नेपाली कांग्रेसको अगुवाई र समर्थनबिना सम्भव हुँदैन। नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिको सहयोग नेपाली कांग्रेसलाई र नेपाली कांग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने नै छ।’
यसैगरी उनले नेपाल वित्तीय संस्था कर्मचारीसँग जोडिएका विषयहरूलाई पनि गम्भीरताका साथ हेरेको बताए। उनले नेपाल वित्तीय संस्थालाई अधिकार र जिम्मेवारीलाई सँगसँगै लिएर जानुपर्ने बताए।
‘साथै उनले नेपाल वित्तीय संस्था कर्मचारीसँग जोडिएका विषयहरूलाई पनि हामीले गम्भीरताका साथ हेर्छौं। हामीले अधिकार र जिम्मेवारीलाई सँगसँगै  लिएर जानुपर्छ। उनले भने, हामी काममा पनि चुक्दैनौँ, कर्तव्य निर्वाहमा पनि चुक्दैनौँ, हामी १०० प्रतिशत दिन्छौँ, सँगसँगै हामीले पाउनुपर्ने सेवा सुविधा र अधिकार पनि १०० प्रतिशत पाउनुपर्छ।’