बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका युवाहरू विदेशिने गरेको तथ्याङ्क छ। विदेशिनेको सङ्ख्या घटाउने उद्देश्यले छाँयानाथ रारा नगरपालिकाले नयाँ कार्यक्रम सञ्चालन गरिरहेको छ।
बेरोजगार युवा युवतीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले (व्यवसाय र सृजनशील प्रशासन विकास समृद्धि र सुशासन) युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना अन्तरगत सञ्चालित कार्यक्रमले युवा जागरण ल्याएको छ।
कार्य स्थलमा आधारित तथा जीवन उपयोगी सीप विकासमा इलेक्ट्रिसियन तालिमले युवाहरू आशावादी समेत देखिएका छन् ।नगरपालिका भित्र रहेका ३,४,५ र ११ वडामा ४० जना युवालाई ५० दिने तालिमबाट सीप सिकेर बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने अभियान सुरु गरिएको हो। 
उक्त परियोजना अन्तर्गत हाउस वायरिङ, ईलेक्ट्रिसियन तालिम आयोजना गरिएको हो। सीप सिक्ने युवालाई प्रति दिन पाँच सय ६८ रुपैयाँको दरले प्रतिव्यक्ति ३३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ। 
आगामी वर्ष ड्राइभिङ, सिलाइ–कटाइ, मोबाइल मर्मत कम्प्युटर सम्बन्धी लोक सेवा कक्षालगायतका कार्यक्रमहरू अघि सार्ने योजना राखिएको नगर प्रमुख विष्णु कुमार भामले बताए। 
बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायन दर रोक्न सङ्घीय र प्रदेश सरकार तथा सबै पालिकासँग सहकार्य गरेर प्रदेशभरका जिल्लाहरूका काम काम गर्दै आएको राप्ती शिक्षालय सुर्खेतका प्रतिनिधि जस बहादुर बुढाले बताए।
‘तालिम लिएर मात्र हुँदैन यसका लागि आफू पनि केही मेहेनत गर्नुपर्ने हुन्छ। तालिमपछि रोजगारी पाएको सुन्न पाइयोस् भन्ने अपेक्षा राखिएको छाँयानाथ रारा नगरपालिका रोजगार शाखा प्रमुख नेत्र बहादुर बुढाले बताए।