सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। 

चैत्र ०८ गते सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लगूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २९ बर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधी ट्रामोल- १ हजार ५० क्याप्सुल र धरान-११ का २१ बर्षीय कमलहाङ राईलाई लागूऔषध ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलिले उर्लाबारी-४ का २१ वर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ।