उपसभामुख इन्दिरा राणा मगरले सङ्घीयताले शक्तिको बाँडफाँड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन्। उनले प्रशासकीय र प्रहरी व्यवस्थापन हुने गरी नीति बनाउनुपर्ने पनि बताइन्। 
शनिवार काठमाडौँमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाँडफाँड भयो तर शक्ति विकेन्द्रीकरण नभएको कुरालाई ध्यान दिनुपर्ने बताएकी हुन्।  
‘शक्तिको बाँडफाँड भयो तर शक्ति विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ। तीनै तहका सरकारले कसरी अन्तर्निहित भएर काम गर्न सक्छौ। सङ्घीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौ। प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौ भन्ने कुराहरूलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ,’ उनले भनिन्।