सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ‘असक्षम’ भन्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ।
उनको कार्यकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी भएको, एसईई परीक्षा मर्यादित र व्यवस्थित गर्न नसकेको लगायतको आरोप छ।
सिरहाको औरही ५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ लगाउने सवालमा प्रजिअ दहालले उत्पीडकहरुलाई बचाउने भूमिका खेलेको आरोप लागेपछि गृहले उनलाई फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ।
प्रजिअ दाहालको ठाउँ लिन कपिलवस्तु जिल्लामा प्रजिअ रहेका विश्व प्रकाश अर्याललाई सिरहा पठाउने निर्णय भएको छ।