गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरूमा डिडिए गर्न बाँकी रहेको कामहरू एकदमै द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन्।
बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरूमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको बताएका हुन्।
उनले भने, ‘पश्चिम नेपालमा भूकम्पबाट प्रभावित भएका ठाउँहरूमा डिडिए गर्न बाँकी रहेको कामहरू एकदमै द्रुत गतिमा अगाडि बढिरहेको छ। जुन ठाउँमा डिडिए भइसकेको छ त्यो ठाउँहरूमा स्थायी आवास निर्माणको काम पनि अगाडि बढिरहेको छ।’
साथै उनले जाजरकोटमा पनि पुर्नस्थापन र पुनर्निर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको बताए। उनले गत असार र साउनमा अविरल वर्षाका कारणले बागमती, कोशी प्रदेशलगायतका अन्य ठाउँमा बाढी, पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरू अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र थाई बनाउनुपर्ने ठाउँमा थाई बनाउने गरेर कामहरू अगाडि बढाउने बताए।
उनले भने, ‘जाजरकोटमै पनि पुर्नस्थापन र पुनर्निर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको छ। अनुदानमा जाने रकमको पनि प्रारम्भ भइसकेको छ पश्मि नेपाल भूकम्पको। एक दुई वर्षदेखि रोकिएको कामहरू पनि सुरु भइसकेको छ। गत असार र साउनमा अविरल वर्षाका कारणले खास गरेर बागमती, कोशी प्रदेशलगायतका अन्य पनि जुन ठाउँमा बाढी,पहिरो, डुबानले जुन क्षति भएको थियो अब तत्काल त्यसका लागि पनि डिडिएका सँगसँगै निजी आवासहरू अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी र थाई बनाउनुपर्ने ठाउँमा थाई बनाउने गरेर कामहरू अगाडि बढाउने कुराहरू पनि भएको छ। हामी चाँडै नै हप्ता दिन भित्रै हामी करिब करिब कामहरू पनि अगाडि बढाउँछौ।’