पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा ९ पशुपतिनगरमा ट्रकसँग ठोक्किँदा ग्यास लोड भएको बुलेट पल्टिएको छ।
बिहीबार बिहान वीरगन्जबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७ नम्बरको भारतीय ग्यास बुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको हो।
बुलेटको बेक्र फेल भएर ट्रकसँग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ। तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। 
ग्यास भरि रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भइरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए।