उत्तरी म्यासेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ। त्यस्तै, एक सय बढीलाई अस्पताल भर्ना गरिएको छ। 
स्थानीय समयानुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको थियो। 
क्लबको सम्पूर्ण भवनमा एउटा मात्र प्रवेश र बाहिर निस्कने बिन्दु एउटा मात्र रहेकाले कोलाहल समेत मच्चिएको थियो। अधिकारीहरूले क्लब अवैध रूपमा सञ्चालन भइरहेको र क्षमताभन्दा धेरै मानिसहरू रहेको बुझिएको छ।
स्थानीय प्रहरीले कम्तीमा १५ जनालाई सोधपुछको लागि हिरासतमा लिइएको छ र घट्नाको थप अनुसन्धान गरिरहेका छन्। घट्नापछि आगलागीमा ज्यान गुमाएकाहरूको सम्मानमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ। उत्तरी म्यासेडोनियाले सात दिनको शोक घोषणा समेत गरेको छ।