नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउने सम्भावना समाप्त भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रूपमा अगाडि बढाउने बताए।
उनले भने,‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउने समाप्त भइसकेको अवस्था छ। अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रूपमा अगाडि बढाउने हो।’