बारा प्रहरीले १३ किलो लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थाई प्रहरी पोष्ट, राम बनबाट प्रहरी वरिष्ठ हवलदार दिलीप कुमार सिंहको नेतृत्वमा खटिएको चेकिङ टोलीले गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा न।१ बस्ने वर्ष ५० की सुशीला गोलेलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराले आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। जितपुरसिमरा उपमहानगर पालिका ।३ बजनी वीरगन्ज पथलैया सडक खण्ड स्थितमा विशेष सूचनाको आधारमा बुधवार खटिएको चेकिङ टोलीले माइक्रोबाट लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय बारा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय राज पण्डितका अनुसार हेटौँडाबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुवाहक माइक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा १३ किलो लागूऔषध गाँजा बरामद गरिएको हो।
माइक्रोमा सवार यात्रीको साथमा रहेको दुई वटा बोरामा दुई पोका गाँजा फेला पारेको उनले जानकारी दिए। लागुऔषध गाँजा सहित पक्राउ परेको महिला नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Photo (1) 77