सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।