"पहिलो पाइला नेपाल" प्रस्तावित बेलबारी शाखाद्वारा बेलबारी वडा नं. ३ स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। यस अवसरमा, विद्यार्थीहरूलाई शिक्षामा थप अभिप्रेरित गर्न र उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विशेष शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागितारहेको थियो साथै शिक्षाको महत्वबारे पनि प्रेरणादायी सन्देशहरू प्रदान गरिएको थियो। "पहिलो पाइला नेपाल" को यस कार्यले विद्यार्थीहरूलाई पढाईमा अझ उत्साहित बनाउने विश्वास गरिएको छ। भविष्यमा पनि यस्ता शैक्षिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।