नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जन्म दिन आज विशेष तरिकाले मनाइँदै छ।
उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलो पटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सत कर्ममा जोडौैं’ अभियानमा ऐक्यबद्धता जनाउने कार्यक्रम छ। जन्म दिवसका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ।
निवासमा बिरुवा रोपेर जनस्वास्थ्य र पर्यावरण संरक्षणका महत्त्वाकाङ्क्षी उद्देश्यलाई जोड्ने अवसरमा एक अभिनव पहल सुरु गरेका छन्।
रौतहटबाट सुरु भएको यस अभियानको उद्देश्य सत्कर्ममा जोड दिने र समाजलाई सकारात्मक परिवर्तनको मार्गमा अगाडि बढाउने रहेको छ। विशेष कार्यक्रमको दौरान, पार्टी अध्यक्ष नेपालले फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय गरिएको छ।
आजको विशेष अवसरमा आफ्नै निवास, कोटेश्वरमा ४ः१५ बजे दिउँसो आयोजना हुने कार्यक्रममा महत्त्वपूर्ण नेताहरूको उपस्थितिका साथ विभिन्न व्यक्तित्वहरूले समाजसेवा र वातावरणको संरक्षणमा थप ध्यान पुर्याउन आव्हान गर्नेछन्।