फागु पर्वको आजदेखि विधिवत् रूपमा सुरुवात भएको छ। फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभ साइतमा मौलिक बाजागाजासहित काठमाडौँको वसन्तपुरमा रङ्गीचङ्गी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो।
परा पूर्व कालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ। चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
यसरी ठड्याइको चीर फागु पूर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ। चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ।
यस पर्वका दौरान रङ्गहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाइचारा वृद्धि गर्न मद्दत पुर्‍याउँछ।
फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रङ्ग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो।