सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो। साथै भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको पनि जानकारी दिएको छ।
भूकम्पले काठमाडौँ उपत्यकालगायत देशभर प्रभाव पारेको छ।