केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। 
शुक्रवार त्रिभुवन आर्मी क्लब र सङ्कटा एफसी  बीच प्रतिस्पर्धा हुनेछ। 
केपी ओली कप फुटबल च्याम्पियनसिपको बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर  स्थित दशरथ रङ्गशालामा हुने छ। खेल साँझ ५ बजे देखि सुरु हुने छ। भोली हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन्। 
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन्। हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।