इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ।
त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ। चारै टोलीको यो दोस्रो खेल हुनेछ। पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो।
लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ।