सङ्घीय संसद् अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ। आज अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ। बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।