नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन्।
लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन्।
मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रंजितलाई हटाउँदै घिमिरेलाई प्रमुख आयुक्त बनाएका हुन्। रञ्जितमाथि विभिन्न विवाद सिर्जना गरेको गैर कानुनी रूपमा नियुक्ति लिएर संस्था बिगारेको आरोप थियो।
यस्तै, राष्ट्रिय सतर्कता केन्द्रले पनि रञ्जितको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनको नियुक्ति बदर गर्दै नयाँ व्यक्ति नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो। सोही निर्देशन पश्चात् मन्त्री चौधरीले मन्त्री स्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन्।
घिमिरेसँगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन्। नियुक्त हुनेमा इन्दु सुबेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन्।
यो नियुक्तिसँगै पछिल्लो समय नेपाल स्काउटमा बडेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा विश्वास गरिएको छ।