क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएर दुर्घटना भएको छ। 

क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका छन्। घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको जनाएको छ।

डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो। सो घटनाको कारण अझै पत्ता लागेको छैन। विमानमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए।

दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको उल्लेख छ।

विमान अमेरिकाबाट क्यानडा गएको हो। प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ। विमान दुर्घटनापछि धेरै उडान रद्द हुँदा यात्रु अलपत्र परेका छन्।