झापाको झापा गाउँपालिका-५ स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ति टोलीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ।

हिजो दिउँसो चेकजाँचको क्रममा मे.३ प २०६६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका झापा गाउँपालिका-५ का २५ वर्षीय तोफिजुल अली र २० वर्षीय चान महमदलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ।