झापाको अर्जुनधारा नगरपालिका-७ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
हिजो बेलुका पौने छ बजे मधुगिता क्रसर उद्योगको को.१ख ७०१४ नम्बरको टिफरले मिस गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदार हल्दिबारी गाउँपालिका-२ का २५ वर्षीय मोहन किस्कुलाई ठक्कर दिई दुर्घटना हुँदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो।
ठक्कर दिने टिफर चालक मोरङ उर्लाबारीका ४१ वर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ।