अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ। चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रङ्गशालामा सुरु हुन लागेको हो।
सोमबार दुई खेल हुँदै छन्। दिउँसो २ बजे हुने उद्घाटन खेलमा म्यानमार र लेबनानबीच हुनेछ।
साँझ ६ बजे नेपाल र किर्गिस्तानबिच खेल हुनेछ। फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औँ स्थानमा रहँदा किर्गिस्तान १२८ औँ स्थानमा छ। किर्गिस्तानसँग नेपाल एक पटक मात्रै खेलेको छ।
प्रतियोगिताकै लागि नेपाली टोली गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ डिफेन्डर अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई, मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ र फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल छन्।
प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।