जारी १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी भएको छ।
एनआरटी क्लब काठमाडौँलाई १–० गोलको अन्तरले पराजित गरी सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा समेत सुरक्षित गरेको हो।
सगरमाथा युथ क्लबका लागि खेलको ६ मिनेटमा विदेशी खेलाडी रिचर्डले गोल गरे। उनले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच पनि रिचर्ड नै भए।
प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो खेल झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ। फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्ल्व इटहरीले जनाएको छ।