साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।
जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।