इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ। शनिवार भएको खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो। लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे।
मोरिनले खेलको अन्तिम समय तिर गोल गरे। उनले खेलको ८१ र ८७औँ मिनेटमा गोल गरे।
आर्सनल २५ खेलबाट ५३ अङ्कका साथ दोस्रो स्थानमा छ। लेस्टर समान खेलबाट १७ अङ्कका साथ १९औँ स्थानमा छ।
शनिवारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३–० को हार बेहोरेको हो। म्यानचेस्टर सिटीले न्युक्यासललाई ४–० ले हरायो।
शनिवारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १–०, बर्नमाउथले साउथह्याम्पटनलाई ३–१, फुलहमले नटिङघम फरेस्टलाई २–१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १–१ को बराबरी खेले।