नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। शनिवार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो। डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ। नयाँ मूल्य आजदेखि लागू हुने छ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५।४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ। यसैगरी डिजेल र मट्टितेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन्।
हरेक १५ दिनमा निगमले इन्डियन आयल कर्पोरेसनबाट आएको मूल्य सूची अनुसार मूल्य समायोजन गर्दै आएको छ।