पोखराको पृथ्वीचोकबाट अवैध लागूऔषध सहित तीन युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रवार दिउसो तीन बजेको समयमा पृथ्वी चोकबाट अवैध लागू औषध सहित तीन युवा पक्राउ गरेको हो। 
पक्राउ परेका अभियुक्तहरूमा पोखरा महानगरपालिका वडा नं.९ पृथ्वी चोक बस्ने वर्ष २१ को रोहित तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ८ बुद्ध चोक स्थायी ठेगाना भई हाल पोखराको पृथ्वी चोक बस्ने वर्ष २१ को मदन अधिकारी र स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं.०२ स्थायी ठेगाना भई हाल पोखराको पृथ्वी चोक बस्ने वर्ष ३५ को नवीन खत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। 
उनीहरूको साथबाट लागू औषध डाईजापाम–२८ एम्पुल, फेनरागन–२८ एम्पुल, बुर्फिनर्फिन–२८ एम्पुल गरी जम्मा ८४ एम्पुल र मोबाइल ३ थान समेत बरामद भएको प्रहरीले बताएको छ।
उनीहरुविरुद्ध  कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।