बाँकेमा एक युवकको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर छन्।
बैजनाथ–८ का २५ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
गएको शुक्रबार (माघ २५०) राति बैजनाथ–८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा उनीहरूले दिनेशसहित ६ जनामाथि कुटपिट गरेका थिए। कुटपिटबाट दिनेश गम्भीर घाइते भएका छन्।
कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई भारतको लखनऊ पठाइएको थियो। त्यहाँ उपचारका क्रममा आइतबार (माघ २७) बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते अरू पाँचजनाको कोहलपुरकै मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।