चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका च्यापिएर मरेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका– ४ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।
खसीबोका लिएर बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक सडकमा पल्टिएर दुर्घटना भएको थियो।
ट्रकमा रहेका क्षतिको थप विवरण आउन बाँकी छ।