सुनसरीको इटहरीमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

मोरङ घर भएकी बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका ७ घर भएका जगेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो।

बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमार्फत यादवलाई पक्राउ गरेर इटहरी ल्याएको हो।

थप घटनाको अनुसन्धान भइरहेको छ।