बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी प्रकरणमा पक्राउ परेका छन्।
सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकारीले हिनामिना प्रकरणमा अनुसन्धानका लागि ललितपुर परिसरको सहयोगमा ठाकुरलाई भैंसेपाटीबाट पक्राउ गरिएको पुष्टि गरेका छन्। उनलाई अब जनकपुर झिकाएर अनुसन्धान अघि बढाउने तयारी धनुषा प्रहरीले गरेको छ।
ठाकुरसँगै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको प्रकरणमा मुछिएका थिए।
ठगी प्रकरणमा मुछिनेमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी थिए। उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा गत मंसिरमै जाहेरी परिसेकको छ।