मोरङको ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते आउने भएका छन्।
मङ्सिर १६ गते भएको उपनिर्वाचनका विजेतालाई बधाई दिन तथा जागरण सभाका लागि प्रचण्ड ग्रामथान आउन लागेको सांसद अमनलाल मोदीको भनाइ छ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् माझी विजयी भएपछि प्रचण्डले फोन गरेर आफू त्यही आएर शुभकामना दिने बताएका थिए।
पछिल्लो समय प्रचण्ड जागरणसभाको नाममा विभिन्न जिल्ला दौडमा निस्किरहेका छन्।